Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आम्दानीको केही अंश नेपालमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह

आम्दानीको केही अंश नेपालमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह

  • आइतवार, बैशाख ७ २०८२

  • 458
    SHARES

  • आम्दानीको केही अंश नेपालमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ ।

    नेपाली जनसम्पर्क समिति यूएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताउनुभयो ।

    उहाँले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गर्दै मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभयो ।


    आइतवार, बैशाख ७ २०८२०७:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij