Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोनाको खोप बजारमा आउनेबित्तिकै नेपालीले पाउनेछन् : स्वास्थ्यमन्त्री

कोरोनाको खोप बजारमा आउनेबित्तिकै नेपालीले पाउनेछन् : स्वास्थ्यमन्त्री

  • मंगलवार, मंसिर ९ २०७७

  • 988
    SHARES

  • कोरोनाको खोप बजारमा आउनेबित्तिकै नेपालीले पाउनेछन् : स्वास्थ्यमन्त्री

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड –१९)विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले पनि उपयोग गर्न पाउने गरी तयारी भएको बताएको छ ।

    विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनु भएको हो ।

    स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अघिबढेको बताउनुुभएको छ ।

    अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानून संशोधन गरिएको उहाँले बताउनुुभयो ।


    मंगलवार, मंसिर ९ २०७७०६:५४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij