Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय उपलब्धि हासिल गर्नु पर्नेमा जोड

राष्ट्रिय उपलब्धि हासिल गर्नु पर्नेमा जोड

  • बिहिवार, चैत्र २८ २०८१

  • 518
    SHARES

  • राष्ट्रिय उपलब्धि हासिल गर्नु पर्नेमा जोड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने संकल्प प्रकट भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्र विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट पार्नुभयो ।

    सरकार र निजी क्षेत्रको हाम्रो सहकार्य नमुनाका रूपमा अघि बढिरहेको बताउँदै उहाँले निजी क्षेत्रले सरकारलाई प्रेरित गर्नुपर्ने बताउनुभयो। सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारका नीतिहरू छिनछिनमा अस्वभाविकरुपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्न नै यो सरकार बनेको बताउनुभयो ।

    जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

    यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु गरेको बताउनुभएको छ ।नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यसैबिच सोही कार्यक्रममा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताउनुभयो ।

    मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको भन्दै उहाँले तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर नीतिगत सुधार गर्दै आएको दाबी गर्नुभयो ।

    लामो समयदेखि महासङ्घले नेपाली उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र निजी क्षेत्रको छाता सङ्गठनका रूपमा महासङ्घले व्यवसायीका हकहितको संरक्षण गरेर राष्ट्रिय अर्थतन्त्रको विकासमा पु¥याएको योगदान अतुलनीय रहेको मन्त्री भण्डारीको भनाई छ ।

    यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ। सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने उहाँले बताउनुभयो । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उहाँको जोड थियो ।

    विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राख्नुभयो । प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।


    बिहिवार, चैत्र २८ २०८१०७:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij