Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कुशल, आशिफ र दिपेन्द्रको शानदार प्रर्दशनमा नेपालको दोस्रो जित

कुशल, आशिफ र दिपेन्द्रको शानदार प्रर्दशनमा नेपालको दोस्रो जित

  • बिहिवार, चैत्र २८ २०८१

  • 508
    SHARES

  • कुशल, आशिफ र दिपेन्द्रको शानदार प्रर्दशनमा नेपालको दोस्रो जित

    काठमाडौं । चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो।

    कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे। नेपालका लागि कुशल भुर्तेलले ८१, आशिफ शेखले ५३ तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

    हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो । कुवेतले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

    चारदेशीय टी–२० आई सिरिजमा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।


    बिहिवार, चैत्र २८ २०८१०३:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij