Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हामीले नीजि क्षेत्रका लागि नीतिगत सुधार गराउन सफल भएका छौँ: चन्द्र ढकाल

हामीले नीजि क्षेत्रका लागि नीतिगत सुधार गराउन सफल भएका छौँ: चन्द्र ढकाल

  • बिहिवार, चैत्र २८ २०८१

  • 552
    SHARES

  • हामीले नीजि क्षेत्रका लागि नीतिगत सुधार गराउन सफल भएका छौँ: चन्द्र ढकाल

    काठमाडौं । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आफ्नो कार्यकालको दुई बर्षको अवधिमा धेरै नीतिगत सुधार गर्न सफल भएको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बोल्दै उहाँले नीति क्षेत्रको संरक्षणका लागि लामो समयदेखि सरकारसँग उठाउदै आएका मागहरु पुरा गराउन सक्षम भएको दावी पनि गर्नुभयो । सरकार लचिलो भएर ल्याएका नयाँ कानुनी व्यवस्थाका कारण अहिले आन्तरिक तथा वाह्य लगानीका लागि धेरै सजिलो भएको उहाँको भनाई छ ।

    उहाँले महासंघको विधान संशोधनका हिसावले पनि आफ्नो कार्यकाल स्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अहिले महासंघको विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्ष, महिला उपाध्यक्ष र कार्यकाल दुई बर्षे बनाउने व्यवस्था गरिएको छ ।

    नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश लगातार प्रवाह गरिएको र केही कामहरु आफुहरुले नै गरिरहेको पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

    आईएमइ ग्रुपका अध्यक्ष समेत रहनु भएका ढकालले ताप्लेजुङको धार्मिक पर्यटकीयस्थल पाथीभरामा निर्माणाधीन केवलकार एक वर्षभित्र सम्पन्न हुने दाबी गर्नुभएको छ ।

    उहाँले पाथीभरामा सरकारलाई सट्टाभर्ना जग्गा दिएर निर्माण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल केवलकार निर्माणमा कुनै अवरोध छैन र स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाको सहयोगमा कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।


    बिहिवार, चैत्र २८ २०८११२:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij