Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाको आन्दोलनको आयू धेरै लामो छैन: पदम गिरी

राप्रपाको आन्दोलनको आयू धेरै लामो छैन: पदम गिरी

  • बुधवार, चैत्र २७ २०८१

  • 694
    SHARES

  • राप्रपाको आन्दोलनको आयू धेरै लामो छैन: पदम गिरी

    काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनको आयू धेरै लामो नरहेको बताउनुभएको छ ।

    नेपाली जनतालाई राजतन्त्र नचाहिएको र यो देशको लागि आवश्यक पनि नभएकोले राप्रपालले गर्ने आन्दोलनको कुनै अर्थ नभएकोले धेरै अगाडि नबढ्ने नेता गिरीको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता गिरीले केहि व्यक्तिको स्वार्थका लागि प्रायोजित आन्दोलन भइरहेको दाबी गर्नुभयो ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा राजतन्त्र चाहिन्छ भन्ने कुराको औचित्य सावित गर्न कुनै पनि हिसावले नसक्ने स्पष्ट पार्नुभयो ।

    देशलाई सदियौंसम्म पछि पारेर नेपाली जनतालाई यो स्थितीमा ल्याउने नै राजतन्त्र राणातन्त्र भएकोले लोकतन्त्रको विकल्प राजतन्त्र कुनै पनि हालतमा हुन नसक्ने बताउँदै उहाँ बरु पूर्ण लोकतन्त्र हुने बताउनुभयो ।

    लोकतन्त्रले केहि पनि दिएन अब राजतन्त्र ल्याउनुपर्छ भन्ने सोच नै मुलुकलाई उल्टो बाटोमा हिडाउनुबाहेक अरु नभएको उहाँको टिप्पणी रहेको छ । राप्रपाका पछिल्ला क्रियाकलाप कसैलाई पनि स्विकार्य नभएको पनि उहाँको भनाइ छ ।


    बुधवार, चैत्र २७ २०८१०९:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij