काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७९० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर दुई हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख चार हजार ५८ पुगेको छ ।
आज देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३६१ जना संक्रमितको मृत्यु भइसकेको छ ।