Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरका कर्मचारीले पाए पारिश्रमिक, तलब बाफत १ अर्ब १३ करोड निकासा

काठमाडौं महानगरका कर्मचारीले पाए पारिश्रमिक, तलब बाफत १ अर्ब १३ करोड निकासा

  • सोमवार, चैत्र २५ २०८१

  • 1.0K
    SHARES

  • काठमाडौं महानगरका कर्मचारीले पाए पारिश्रमिक, तलब बाफत १ अर्ब १३ करोड निकासा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा पठाएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब आज खातामा पठाइएको हो ।

    महानगरका कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । महानगरले २९ सय व्यक्तिलाई १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिनुभयो ।

    काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि महानगरको सबै आर्थिक कारोवारो रोकिएको थियो । मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन् ।

    लामो समयदेखी कार्यालय प्रमुखबिहीन अवस्थामा रहेको महानगरमा चैत्र २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र अन्य जनप्रतिनिधीले जबरजस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै रोकिएको कर्मचारीहरुको पारिश्रमिक समेत निकासा भएको हो ।


    सोमवार, चैत्र २५ २०८१०२:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij