Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैँनः अमनलाल मोदी

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैँनः अमनलाल मोदी

  • शुक्रवार, चैत्र २२ २०८१

  • 484
    SHARES

  • लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैँनः अमनलाल मोदी

    काठमाडौं । माओवादी केन्द्रका नेता अमनलाल मोदीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ ।

    राजतन्त्र सकिइसकेको अवस्थामा अब फेरि फर्काउछु भनेर फर्किने कुनै पनि सम्भावना नरहेको नेता मोदीको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता मोदीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

    लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने समेत नेता मोदीको भनाइ छ । लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको बताउँदै समाज विकासको विज्ञानले समाज पछि फर्कंदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उहाँको तर्क छ ।

    यस्तै उहाँले पूर्व राजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिनुभयो ।


    शुक्रवार, चैत्र २२ २०८११०:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij