Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको सात लाख ९३ हजार रुपैयाँ जरिवाना

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको सात लाख ९३ हजार रुपैयाँ जरिवाना

  • शनिवार, चैत्र १६ २०८१

  • 791
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको सात लाख ९३ हजार रुपैयाँ जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

    महानगरले पूर्वराजाको नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेर फरकफरक शिर्षकमा जरिवाना रकम तोकिएको छ । महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

    त्यसैगरी आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै राजावादीले कार्यक्रम आयोजना गरेको तीनकुने क्षेत्रका रुख, विरुवा र रेलिङ भाँचेवापत ४० हजार र तीनकुनेकै आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।


    शनिवार, चैत्र १६ २०८१०५:०८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij