Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कुलमानले प्रचण्डको एटिएम कार्ड बनेर काम गरेका थिएः महेश बस्नेत

कुलमानले प्रचण्डको एटिएम कार्ड बनेर काम गरेका थिएः महेश बस्नेत

  • बिहिवार, चैत्र १४ २०८१

  • 517
    SHARES

  • कुलमानले प्रचण्डको एटिएम कार्ड बनेर काम गरेका थिएः महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यादेश पास गर्न नदिने षडयन्त्रमा सरकारविरुद्ध प्रतिपक्ष लागिपरेको आरोप लगाउनुभएको छ ।

    यहि १८ गते सम्म अध्यादेशलाई पास नगर्ने हो भने सरकारलाई नैतिक संकटमा पार्न सकिन्छ भन्ने उद्देश्यले माओवादी, रास्वपालगायत प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डिजाइनमा लागिपरेको पूर्वमन्त्री समेत रहनुभएका बस्नेतको भनाइ छ ।

    संसद अवरोध पार्ने निउ खोजिरहेको बेला सरकारको सामान्य एक कर्मचारी कुलमान घिसिङलाई हटाइएको बहानामा प्रतिपक्षले यो सबै खेल खेलिरहेको उहाँको भनाइ छ ।

    प्रतिपक्षको अवरोधका कारण हिजोका दुवै सदन स्थगित भएका थिए भने कुलमानलाई हटाउनुको चित्तबुझ्दो जवाफ प्रधनमन्त्री केपी शर्मा ओलीले नदिएसम्म सदन चल्न नदिने प्रतिपक्ष दलको चेतावनी रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले कुलमानले विद्युत प्राधिरकरणको कार्यकारी निर्देशकमा दुई पटक प्रचण्डको सेवा र चाकडी गरेर पाएको आरोप लगाउँदै कुलमानले प्रचण्डको एटिएम कार्ड बनेरै काम गरेको स्पष्ट पार्नुभएको छ ।

    यस्तै कुलमानले प्राधिकरणभित्र रहेर ठुलो अनियमितता गरेको पनि नेता बस्नेतको दाबी रहेको छ ।


    बिहिवार, चैत्र १४ २०८१०९:१८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij