Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

  • बुधवार, आषाढ २४ २०७७

  • 1.2K
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

    काठमाडौं । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो संक्रमण पुष्टि भएपछि संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

    रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले जानकारी दिएको छ ।

    पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा अछामका ९ पुरुष र ७ महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९ पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

    प्रदेशमा हालसम्म २३ हजार ५४८ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १९ हजार ८९८ मा नेगेटिभ आएको उनले बताए । २ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १६ हजार ९८४ जनामा परीक्षण गरिएको छ ।

    हालसम्म फेला परेका संक्रमितहरु अछामका ५७०, बैतडीका २९५, बझाङ्गका १३९ ,बाजुरा ४४४, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५२१ , कैलालीका ९६७ र कञ्चनपुरका ४२८ गरि ३ हजार ६५० रहेका छन् । जसमा महिला ८४५ र पुरुष २ हजार ८०५ छन् ।

    क्वारेन्टिनमा ३ हजार ९८५ पुरुष र १ हजार १०१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०३ गरी ११८ जनाको उपचार भइरहेको छ । ७०३ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

    हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४२, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
    उहाँले मंगलबार मात्रै कैलालीबाट ३ अछाम ३०, कञ्चनपुरबाट १ जना संक्रमित गरी ३४ जना निको भएर घर गएको बताउनुभयो ।

     


    बुधवार, आषाढ २४ २०७७०८:०४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij