काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
चौरसियाको हत्यामा संलग्न मुख्य अभियुक्त पर्सा बिन्दवासिनी गाउँपालिका –३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।
घटना पश्चात फरार रहँदै आएका चौरसियालाई प्रहरीले वीरगञ्ज २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चौरसियालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
गएको कात्तिक ६ गते मुकेश चौरसिया बिन्दवासिनी गाउँपालिकाको प्रसौनीमा नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि गम्भीर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनको कात्तिक ७ गते उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियोे ।