Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८१’ को उपाधि बागलुङलाई

‘आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८१’ को उपाधि बागलुङलाई

  • बुधवार, फाल्गुण २१ २०८१

  • 845
    SHARES

  • ‘आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८१’ को उपाधि बागलुङलाई

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चितवनको भरतपुरमा आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८१’ को उपाधि बागलुङले हात पारेको छ ।

    गत फागुन १७ गतेबाट सञ्चालित दोहोरी गीत प्रतियोगितामा कुल ४२ वटा टोली सहभागी रहेको मा अन्तिम तथा फाइनल प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान म्याग्दीलाई पारजित गर्दै बाग्लुङको सुमन खड्का र तारा थापाको जोडीले उपाधी हात पारेको हो ।

    उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । बागलुङसँग पराजित म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेको छ ।

    यस्तै प्रतियोगीतामा दोहोरी गीत प्रतिष्ठान चितवन तेश्रो बन्न सफल हुँदा र दोहोरी गीत प्रतिष्ठान नवलपुरले सान्त्वनामा चित्त बुझाएको छ । तेश्रो बनेको चितवनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा नवलपुरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    प्रतियोगीतामा प्रतिष्पर्धामा सहभागी कलाकारमध्येबाट गायक राजु लामिछाने र गायिका शर्मिला गुरुङ उत्कृष्ट गायक गायीका बन्दै नगद रु. २५/२५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

    यस्तै तेह्रथुमका कमल बुढा र कतार शाखाकी भावना अर्याल उत्कृष्ट नव गायक गायिका बनेका छन् भने दिलिप थापा मगर र सुष्मा ठकुरी अनुशासित गायक र गायिका बन्दा पाल्पाका दीपेन्द्र पौडेल र कालिकोटकी शितल कल्पनाले उत्कृष्ट भेषभूषाको पुरस्कार हात पारेका छन् ।

    उनिहरुले पुरस्कारस्वरुप जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका प्रतिष्ठानका केन्द्रिय सञ्चार विभाग प्रमुख तथा प्रशासनिक सहसचिव एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

    रायमाझीका अनुसार प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा फागुन १७ गतेदेखी फागुन २० गतेसम्म सञ्चालन भएको प्रतियोगीतको उद्याटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुभएको थियो ।

    यस्तै कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोह भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त समारोहमा प्रतियोगीताका विभिन्न विधामा विजयी तथा उत्कृष्ट बनेका कलाकारहरुलाई पुरस्कार प्रदानसँगै सम्मान गरिएको थियो ।


    बुधवार, फाल्गुण २१ २०८१०२:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij