Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एलजीले ल्यायो निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

एलजीले ल्यायो निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

  • मंगलवार, फाल्गुण २० २०८१

  • 875
    SHARES

  • काठमाडौँ। गर्मी मौसम सुरु भएसँगै एलजीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न ‘फ्रि एसी सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै फाल्गुन  २० गतेदेखि सीमित अवधिका लागि उक्त क्याम्प सञ्चालनमा ल्याएको हो । 

    नेपालका सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी ‘निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प’ योजना अघि सारेको कम्पनीले जनाएको छ। 

    उक्त योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसी सँग साट्न सक्नेछन् । 

    ग्राहकहरूले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसीको मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ। 

    यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिष्टरपश्चात एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन्। 

    यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए।सी।को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । 

    साथै ग्राहकहरूले नयाँ एसीमा ४ हजार रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन्। यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य ३ हजार रुपैयाँ सम्म हुनेछ।

    चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

    एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू एक सय देशमा उपलब्ध छन्।

     


    मंगलवार, फाल्गुण २० २०८१०६:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij