Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा मन्त्री पौडेलको जोड

स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा मन्त्री पौडेलको जोड

  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 658
    SHARES

  • स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा मन्त्री पौडेलको जोड

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्न नसकिने बताउनुभएको छ ।

    बुकवर्म फाउण्डेशनद्वारा पोखरामा आयोजित १२ औँ नेपाल साहित्य महोत्सवको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक बहस सत्रमा उहाँले जनसङ्ख्याको तुलनामा नेपालमा अस्पताल र चिकित्सकको कमी रहेको उल्लेख गर्नुभयो ।

    स्रोतको सुनिश्चितता नगरी गरिएका कतिपय घोषणा कार्यान्वयनमा चुनौती देखिएको उहाँको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका विकृतिलाई अन्त्य गरी थप व्यवस्थित गर्नुपर्ने बताउनुभयो । छिट्टै पाँच सय जना नयाँ चिकित्सकको दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको उहाँको भनाई छ । मन्त्री पौडेलले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।


    शुक्रवार, फाल्गुण १६ २०८१०७:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij