Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक हजार ६७४ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

एक हजार ६७४ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

  • शनिवार, मंसिर ६ २०७७

  • 985
    SHARES

  • एक हजार ६७४ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार १४४ जनाको पिसिआर परीक्षण गर्दा ए कहजार ६७४ जनामा कोरोरा भेटिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार १३ पुरुष र ६६१ महिला छन् । २४ घण्टामा दुई हजार ३२३ डिस्चार्ज भएका छन् । त्यस्तै, सात जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये एक लाख ९३ हजार ३२५ जनाका कोरोना निको भउको छ ।

    थप सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।

    अहिले देशभर २४ हजार नौजना संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार २०६ होम आइसोलेशन र ६ हजार ८०३ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५७ जना क्वारेन्टिनमा छन् भने ३३६ जनाको आइसियूमा उपचार भइराखेको छ ।

    मन्त्रालयका अनुसार ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


    शनिवार, मंसिर ६ २०७७०४:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij