Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण रहेकाले आगामी सचिवालय बैठक विवादरहित बनाउँछौ : नेकपा

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण रहेकाले आगामी सचिवालय बैठक विवादरहित बनाउँछौ : नेकपा

  • शनिवार, मंसिर ६ २०७७

  • 1.2K
    SHARES

  • ‘चिनियाँ विदेशमन्त्रीको भ्रमण रहेकाले आगामी सचिवालय बैठक विवादरहित बनाउँछौ : नेकपा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रस्तावित केन्द्रीय सचिवालय बैठकलाई विवादरहित बनाउन जुटेको छ । सचिवालय बैठकको भोलिपल्ट चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने भएकाले बैठकलाई विवादरहित बनाउन सचिवालय जुटेको हो ।

    सचिवालयका एक सदस्यका अनुसार मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित प्रस्ताव पेश गरिने छ, र त्यसको अध्ययनपछि सम्भवतः मंसिर १५ गते त्यसमा छलफल गरिने छ । विदेशी पाहुना नेपालमा छँदा प्रस्तावका विवरण सकेसम्म सार्वजनिक नगर्ने नेकपा स्रोतले जनाएको छ ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै पेश गरिसकेको राजनीतिक प्रस्तावमा ओलीमाथि भ्रष्टाचार, आफन्तवाद, अधिनायकवाद आदिको अभियोग लगाइनुका साथै ओलीलाई पद त्यागका लागि आग्रह पनि गरिएको छ ।

    प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओलीपक्षले गरेको आग्रहलाई अस्वीकार गरेपछि ओलीले ल्याउन लागेको प्रस्तावमा प्रचण्डविरुद्ध गम्भीर आरोप र अभियोग सामेल गरिने अनुमान पार्टीभित्रै गरिएको छ ।

    नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा एकताका लागि पटक–पटक ओलीसँगै अन्य प्रभावशाली र शीर्ष तहका नेताहरुसँग भेटघाट गर्दै आएकी छिन् ।


    शनिवार, मंसिर ६ २०७७०३:०६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij