Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
वश्व टेलिभीजन दिवस :

अनलाई टिभीलाई व्यवस्थित र विश्वसनीय बनाउन आह्वान

अनलाई टिभीलाई व्यवस्थित र विश्वसनीय बनाउन आह्वान

  • शनिवार, मंसिर ६ २०७७

  • 1.5K
    SHARES

  • अनलाई टिभीलाई व्यवस्थित र विश्वसनीय बनाउन आह्वान

    काठमाडौँ । संसारभरी आज विश्व टेलिभिजन दिवस मनाइदैछ । विषेश गरेर टेलिभिजनको उपयोगीता र नयाँ चुनौतीहरुका बारेमा छलफल कार्यक्रमहरुको आयोजना गरिएको छ । १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।

    आजभन्दा ९५ बर्ष अगाडि सन् १९२५ मा आविष्कार भएको टेलिभिजन माध्यम अहिले विकास हुदै अनलाईन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सवैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाईन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढीरहेपनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै खड्कीदै अनलाईन टिभी पत्रकार संघले जनाएको छ ।

    संघका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयबस्तु तथा प्रस्तुतीको गुणस्तर बृद्धि गर्न सवैले आ आफ्नो ठाउँबाट योगदान पु¥याउनु पर्ने बेला भएको उल्लेख गर्नु भएको छ ।

    सवै अनलाईन टिभीकर्मीहरुलाई संगठित हुन र एक अर्कालाई सहयोग, सिप र ज्ञान आदान प्रदान गर्न पनि उहाँहरुले सवैलाई आह्वान गर्नु भएको छ । सही सूचना र ज्ञानबाट लाभान्वित नागरिक लोकतन्त्र र सबृद्धिको आधार बन्न सक्ने र नेपालमा सूचना र ज्ञान प्रवाहको सवैभन्दा प्रभावशाली माध्यमको रुपमा अनलाईन टेलिभिजन विकास भइरहेकाले यसको प्रभावकारी उपयोगिता सवैको हितमा हुने वक्तव्यमा लेखिएको छ ।

    अनलाईन टेलिभिजनलाई व्यवस्थीत, विश्वसनीय र उपयोगी बनाउन सवै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायहरुका बीचमा सहकार्य गर्दै केही प्रयासहरु भइरहेको संघले जानकारी दिएको छ । अनलाईन टेलिभिजन पत्रकार संघले गरिरहेको यस प्रयासमा सवैको साथ र सहयोगको अपेक्षा पनि गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

    नेपालमा पहिलो टेलिभीजनको रुपमा विक्रम संवत २०४१ साल माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने सयौँ टेलिभिजन संचालनमा छन् रहेका छन् । त्यसैगरी हजारौ अनलाईन टेलिभीजनहरु पनि संचालनमा रहेका छन् । तर कुनै आधिकारीक विवरण छैन ।

    अस्तव्यस्त अवस्थामा रहेका अनलाईन टेलिभीजनहरुलाई व्यवस्थीत र संस्थागत गर्न संघले स्वनियमन निर्देशिका बनाउदै गरेको र अध्ययन तथा सर्वेक्षण पनि गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।


    शनिवार, मंसिर ६ २०७७११:३६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij