Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एचपीभी खोप लगाउने आज अन्तिम दिन

एचपीभी खोप लगाउने आज अन्तिम दिन

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 473
    SHARES

  • एचपीभी खोप लगाउने आज अन्तिम दिन

    काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन रहेको छ । माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएका छन् ।

    देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरू मार्फत खोप दिइदैँ आइएको छ । यो अभियानमा १७ लाख किशोरीलाई खोप दिने सरकारले लक्ष्य राखेको छ ।

     


    मंगलवार, फाल्गुण ६ २०८१०१:१२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij