Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको भुमिसम्बन्धि अध्यादेश देश र जनताको हितमा छैन, फिर्ता गर्नुपर्छ: उपेन्द्र यादव

सरकारले ल्याएको भुमिसम्बन्धि अध्यादेश देश र जनताको हितमा छैन, फिर्ता गर्नुपर्छ: उपेन्द्र यादव

  • आइतवार, फाल्गुण ४ २०८१

  • 482
    SHARES

  • सरकारले ल्याएको भुमिसम्बन्धि अध्यादेश देश र जनताको हितमा छैन, फिर्ता गर्नुपर्छ: उपेन्द्र यादव

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भुमिसम्बन्धि अध्यादेश देश र जनताको हितमा नभएको बताउनुभएको छ । सरकारलाई यो अध्यादेशमा आफूहरुले सहयोग गर्न नसक्ने उहाँको भनाइ छ ।

    यो अध्यादेशलाई सरकारले फिर्ता लियोस र पछि गएर विद्येयक या अन्य रुपमा सल्लाह र सहमतिका आधारमा देशका हितमा ल्याओस भन्ने नेता यादवको सुझाव समेत रहेको छ । यस्तै बाँकी पाँच अध्यादेशमा भने आफूहरुको कुनै पनि विमत्ती नरहेकाले समर्थन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले मुलुक र जनताको हितमा नभएको भुमिसम्बन्धि अध्यादेश भने सरकारले फिर्ता लिनै पर्ने अडान दोहो¥याउनुभयो । यो अध्यादेश फिर्ता नलिएसम्म अरु अध्यादेशमा समर्थन गर्न नसकिने पनि उहाँको भनाइ छ ।

    यता अध्यादेश पारित गर्न बहुमत पुग्ने गरी दलहरूबीच सहमति भएको दाबी भने गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

    यहि फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

    यता जसपा नेपालले भने भूमिसम्बन्धी अध्यादेशमा संशोधन अमान्य रहेको र फिर्ता नै हुनुपर्ने पूर्वअडानमा आफूहरू कायमै रहेको बताएको छ । हिजोको बैठकमा पनि तत्काल भूमिसम्बन्धी अध्यादेशबाहेक पाँच वटा अध्यादेश अघि बढाउने बारेमा पनि छलफल भएको छ ।


    आइतवार, फाल्गुण ४ २०८१०९:१२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij