Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खानेपानी मन्त्रालयमा भएको आगलागीबाट लाखौंको क्षती

खानेपानी मन्त्रालयमा भएको आगलागीबाट लाखौंको क्षती

  • शनिवार, माघ २६ २०८१

  • 462
    SHARES

  • खानेपानी मन्त्रालयमा भएको आगलागीबाट लाखौंको क्षती

    काठमाडौं । आज बिहान भएको आगलागीबाट खानेपानी मन्त्रालयमा ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेको बताइएको छ ।
    मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । तर आगलागीबाट भएको क्षतीको एकिन विवरण भने आइसकेको छैन् । आगलागी हुनुको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।
    बिहान लागेको आगोबाट खानेपानी मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको र मन्त्रालयका कागजातमा भने कुनै क्षती नभएको प्रहरीले बताएको छ ।


    शनिवार, माघ २६ २०८१०१:१९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij