Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२१ सय ३ संक्रमित थपिए, १७ जनाको मृत्यु

२१ सय ३ संक्रमित थपिए, १७ जनाको मृत्यु

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.2K
    SHARES

  • २१ सय ३ संक्रमित थपिए, १७ जनाको मृत्यु

    काठमाढौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

    आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा देशभर १७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    यस्तै काठमाडौँ उपत्यकामा मात्रै थप १२२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९६५, भक्तपुरका ७५ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ४, ओखलढुंगाका २, खोटाङका १, झापाका ५१, धनकुटाका १, पाँचथरका १२, भोजपुरका १, मोरङका १२८, संखुवासभाका ९, सुनसरीका ७९, धनुषाका १६, पर्साका १६, बाराका ३, महोत्तरीका ४, रौतहटका ३, सप्तरीका २०, सर्लाहीका ५, सिराहाका १०, काभ्रेका १६, चितवनका ८०, दोलखाका १, धादिङका ९ र नुवाकोटका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै मकवानपुरका २३, रसुवाका २, रामेछापका १, सिन्धुपाल्चोकका ९, सिन्धुलीका ३, कास्कीका ७६, गोरखाका १४, तनहुँका ११, नवलपरासीपुर्वका १२, पर्वतका २, मुस्ताङका ४, लमजुङका १२, वागलुङका १३, स्याङजाका १०, अर्घाखाँचीका ४, कपिलवस्तुका ११, गुल्मीका १२, दाङका ३२, नवलपरासीका १२, पाल्पाका १०, बर्दियाका ६, बाँकेका २१, रुपन्देहीका ५७, दैलेखका ४, रुकुमपश्चिमका २, कञ्चनपुरका ३, कैलालीका ५, डडेल्धुराका ४, दार्चुलाका २, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ९ हजार ८ सय ५ पीसीआर परीक्षण भएको छ ।

    यसैबीच कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क नगरे सूचिकृत सरकारी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

    सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले सूचिकृत कोभिड अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने भन्दै अस्पतालहरुले त्यसो नगरे कारबाही गरिने स्पष्ट पारेको हो ।

    कोरोना भाइरसको लक्षण भएकाहरूको उपचार निःशुल्क गर्ने र बिमा गराएकाहरूका हकमा भने बिमा रकमबाट काटिने गरि व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    मन्त्रिपरिषदको निर्णयपछि केन्द्रले यसअघि नै मन्त्रालयसँग सम्झौता गरेका सूचिकृत अस्पतालमा निःशुल्क उपचार गर्न भन्दै पत्राचार गरे पनि कतिपय अस्पतालहरुले मन्त्रालयबाट पैसा नआएको भन्दै रकम उठाइरहेका पाइएको छ ।


    बिहिवार, मंसिर ४ २०७७०५:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij