Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आवासीय चिकित्सकको आन्दोलन:आकस्मिक बाहेकका सबै सेवा ठप्प

आवासीय चिकित्सकको आन्दोलन:आकस्मिक बाहेकका सबै सेवा ठप्प

  • बुधवार, माघ २३ २०८१

  • 491
    SHARES

  • आवासीय चिकित्सकको आन्दोलन:आकस्मिक बाहेकका सबै सेवा ठप्प

    काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । सरकारले अन्याय गरेको भन्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकहरुले आजदेखी आकस्मिक बाहेका सवै सेवा ठप्प गरेका हुन् । उनीहरुले हिजो मंगलबार ओपीडी सेवा ठप्प पारेका थिए ।
    आन्दोलन थालेको ८ दिन बितिसक्दा समेत सरकारले माग पूरा गर्ने संकेतसम्म नदेखाएको भन्दै थप सशक्त आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ । मंगलबार ओपीडी सेवा बहिष्कार गरेका आवसीय चिकित्सकहरुले सोमबार ३ घण्टा सेवा अवरुद्ध गरेका थिए ।
    आवासीय चिकित्सकहरूले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरूले सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।


    बुधवार, माघ २३ २०८१०१:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij