Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधी

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधी

  • बुधवार, माघ १६ २०८१

  • 562
    SHARES

  • एपीएफले जित्यो एन्फा महिला लिगको उपाधी

    काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।


    दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । यो जितसँगै एपिएफले चौथो पटक लिगको उपाधी जितेको हो ।


    खेलको पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफमा एपिएफले ३ गोल गरेको थियो । ६४ औं मिनेटमा सविता राना मगरले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । ६९ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफकोअग्रता दोब्बर पारिन् । त्यसपछि ८३ औ मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता ३–० बनाइन् । इन्जुरी समयमा बैकल्पिक खेलाडी अनुले गोल गरेपछि लिगको उपाधी एपिएफले ४-० ले जितेको हो ।

     


    बुधवार, माघ १६ २०८१०४:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij