Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

  • बुधवार, आषाढ १७ २०७७

  • 1.3K
    SHARES

  • जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

    तनहुँ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका ५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो ।

    १३ र १५ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए ।


    पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

    यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका १ का नवीन अर्जेललाई दुई वर्ष ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

    साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए ।

    सोही अभियोगमा बन्दीपुर गाउँपालिका १ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना, व्यास नगरपालिका १२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

    चार जनाविरुद्ध २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सातपटक पेसी सरेको थियो । रासस



    बुधवार, आषाढ १७ २०७७१२:४४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij