Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दलहरुप्रति जनताको वितृष्णा बढिरहेको छ, वर्तमान सरकारले चिर्ने काम गर्नुपर्छः संजय गौतम

दलहरुप्रति जनताको वितृष्णा बढिरहेको छ, वर्तमान सरकारले चिर्ने काम गर्नुपर्छः संजय गौतम

  • बुधवार, माघ १६ २०८१

  • 630
    SHARES

  • दलहरुप्रति जनताको वितृष्णा बढिरहेको छ, वर्तमान सरकारले चिर्ने काम गर्नुपर्छः संजय गौतम

    काठमाडौं । नेपाली कांग्रेसका नेता संजय गौतमले दलहरुप्रति जनताको वितृष्णा बढिरहेको बताउनुभएको छ । दलहरु र सरकारप्रति जनता युवाहरुमा देखिएको चरम असन्तुष्टि र वितृष्णलाई चिनुपर्ने दायित्व कसैले पनि लिन नसकेको नेता गौतमको आरोप रहेको छ ।

    सत्तामा रहेका दल र नेताहरु आत्मरुचिमा रमाइरहेको र सत्ताबाहिर भएकाले सत्तामा कसरी फर्किने भन्ने हुटहुटीबाहेक अरु नदेखिएको नेता गौतमको टिप्पणी रहेको छ ।

    जनता र देशप्रति कुनै पनि दल र नेताहरु जम्मेवारबोध भएर राजनेताको भुमिका निभाउनै नचाहेको उहाँको भनाइ छ । आफूलाई मात्रै केन्द्रित गरिरहेका दलहरुले मुुलुकलाई हाक्नै नचाहेको नेता गौतमको आरोप रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका गौतमले संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणबाट बनेको सरकारले पनि अहिलेसम्म देखिने र अनुभुति गर्ने किसिमको कुनै पनि काम गर्न नसकेको स्पष्ट पार्नुभयो । तर दुई तिहाइ नजिकको अहिलेको बलियो सरकालाई असफल हुने छुट हुँदै नभएको भने उहाँको तर्क छ ।

    जनताले वर्तमान सरकारबाट धेरै आशा गरेकाले ती आशालाई निरासा नबनाएर काम गर्न नेता गौतमको सुझाव छ । वर्तमान सरकारले पनि केहि गरेन भने वितृष्ण अझै बढेर जाने भएकाले यसतर्फ ध्यान दिएर जनतालाई पहिलो केन्द्रमा राखेर सरकारले काम गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

    यस्तै प्रतिपक्षले सरकार ढल्छ भनेर हल्ला गरिए पनि यो सरकार तत्काल नढल्ने नेता गौतमको दाबी छ । ०८४ सम्म सरकरालाई चलाउने हो भने बोली कम काम धेरै गरेर देखाउनुपर्ने पनि नेता गौतमको भनाइ छ ।


    बुधवार, माघ १६ २०८१११:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij