Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त

महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त

  • सोमवार, माघ १४ २०८१

  • 434
    SHARES

  • महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (सोमबार) तेस्रो कार्यकालका लागि फेरी नियुक्त गरेको हो । यस्तै एन्फाले बिन्दा देवानलाई टिम मेनेजर नियुक्त गरेको छ ।


    साफ च्याम्पियनसिप २०२४ को फाइनलमा गत कार्तिक १४ गते बंगलादेशसँग पराजित भएसँगै राजेन्द्रले टोली छाडेको घोषणा गरेका थिए । तर, तीन महिनापछि नै एन्फाले पुनः उनलाई जिम्मेवारीमा पुनरागमन गराएको हो ।


    अब उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्ने छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन्।


    सोमवार, माघ १४ २०८१०५:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij