Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको अध्यादेश संविधानसम्मत छ: विशाल भट्टराई

सरकारले ल्याएको अध्यादेश संविधानसम्मत छ: विशाल भट्टराई

  • आइतवार, माघ १३ २०८१

  • 574
    SHARES

  • सरकारले ल्याएको अध्यादेश संविधानसम्मत छ: विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले ल्याएको अध्यादेश संविधानसम्मत भएको बताउनुभएको छ । एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले ल्याएको अध्यादेशहरु मूलुक, व्यवसायीको हित र संवृद्धको पक्षमा भएको नेता भट्टराईको दाबी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले अध्यादेशहरु संसदको पहिलो बैठकको सुरुवात मै प्रस्तुत गर्ने सरकारको तयारी रहेको स्पष्ट पार्नुभयो ।

    संसदको अधिवेशन यहि १८ गतेदेखि सुरु हुँदै छ । प्रतिपक्ष दलले भने एक् जुट भएर शसक्त भएर संसदमा अध्यादेशविरुद्ध कडारुपमा आवाज उठाउने चेतावनी दिइरहेका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नेता भट्टराईले आफू सत्तामा हुँदा जे खालको पनि अध्यादेश ल्याउने अहिले अर्काले ल्याएको विरोध गर्ने प्रवृती रहेको टिप्पणी गर्दै लज्जाबोध भन्ने चिज प्रचण्डको शब्दकोषबाट हराइसक्यो की जस्तो लागेको तर्क गर्नुभयो । प्रतिपक्षले गर्ने विरोधको कुनै पनि अर्थ नहुनेसमेत उहाँको भनाइ छ ।

    विगतका निर्वाचनमा कहिले एमालेलाई कहिले कांग्रेसलाई झुक्याउँदै अलिअलि सिट जितेको माओवादी अब आगामी निर्वाचनमा सकिने निश्चित भएको नेता भट्टराईको दाबी छ ।

    यस्तै प्रचण्डले सरकार ढल्छ, आगामी निर्वाचनमा आफूहरु पहिलो बन्छौ भन्नु सबै गफमात्रै भएकोले यस्ता कुरालाई जनताले पनि गफ मै उडाइदिएको नेता भट्टराईको भनाइ छ ।

    वर्तमान सरकार सहमति अनुसार ०८४ सम्मै रहनेमा नेता भट्टराइको विश्वास छ ।


    आइतवार, माघ १३ २०८१०८:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij