Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले माग्दैमा राजीनाम नदिने लेखा समति सभापति पोखरेलको अडान

माओवादीले माग्दैमा राजीनाम नदिने लेखा समति सभापति पोखरेलको अडान

  • बिहिवार, माघ १० २०८१

  • 485
    SHARES

  • माओवादीले माग्दैमा राजीनाम नदिने लेखा समति सभापति पोखरेलको अडान

    काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समतिका सभापति ऋषिकेश पोखरेलले राजीनामा नदिने बताउनुभएको छ ।

    माओवादी केन्द्रलगायत प्रतिपक्षले यतिबेला नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको समयमा सभापति पोखरेलले माओवादीलाई निवेदन हालेर सभापतिमा नगएकाले माओवादीले भन्नासाथ कुनै पनि हालतमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा सभापति पोखरेलले आफ्नो पार्टी नेकपा एमालेले प्रतिनिधित्व गराएर पठाएकाले पार्टीको निर्णय जे हुन्छ त्यहि अनुसार चल्ने तर माओवादीले भन्दैमा अलिकति पनि टसमस नहुने दोहो¥याउनुभयो ।

    माओवादी केन्द्रले भने पोखरेलले राजनीनामा नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् भने सभापति आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् ।

    सभापति पोखरेल पछिल्लो समय चौतर्फी विवादको घेरामा पर्नुभएको छ । गतवर्षको भदौंमा एमालेका सांसद पोखरेल लेखा समितिको सभापति बने यता झण्डै डेढ वर्षको अवधीमा एकपछी अर्को गरी पोखरेल विभिन्न विवादमा तानिनुभएको छ ।

    सुरुमा श्रीमती अञ्जला कोइराला सहकारीको रकम ठगी प्रकरणमा मुछिएपछी बढी विवादमा तानिनुभएका पोखरेल पछी स्वकीय सचिव अनिल कुमार पोखरेलको अर्को ठगी धन्दा बाहिरिएपछि आलोचनाको घेरामा पर्नुभएको हो ।

    मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचनलको आरोपमा परेकी पोखरेल पत्नि कोइराला पोखरेलकै सत्ता र शक्तीको बलमा लामो समयसम्म पक्राउ नपरेर फरार सूचीमै रहिन् ।

    चौतर्फी आलोचना बढेपछी आँफै अदालतमा उपस्थित भएकी कोइराला सोही दिन १० लाख धरौटीमा रिहा भइन् ।


    बिहिवार, माघ १० २०८१०९:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij