Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई क्यानको कारबाही, यस्तो छ कारबाही

सन्दीप लामिछानेलाई क्यानको कारबाही, यस्तो छ कारबाही

  • मंगलवार, माघ ८ २०८१

  • 950
    SHARES

  • सन्दीप लामिछानेलाई क्यानको कारबाही, यस्तो छ कारबाही

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाहीमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई क्यान अनुशासनको कारवाही गरेको हो ।

    गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला सन्दिपले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए। सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्। लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ।

    जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमै सामाजिक सञ्जालमा स्टाटस लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको प्रवक्ता छुम्बीले बताएका छन् ।

    सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन्। सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ।क्यानको यो निर्णयप्रति उनका समर्थकहरु पनि चिन्तीत र आक्रोशित बन्दै विरोध गरेका छन् ।


    मंगलवार, माघ ८ २०८१०७:२५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij