Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधि ल्याउन अध्यक्ष ढकालको आग्रह

नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधि ल्याउन अध्यक्ष ढकालको आग्रह

  • आइतवार, माघ ६ २०८१

  • 652
    SHARES

  • नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधि ल्याउन अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधी ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।

    सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उहाँले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताउनुभयो ।

    “उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ पैरवी गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ ।“ उहाँले भन्नुभयो ।

    अध्यक्ष ढकालले अध्यादेशको भावना अनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधी ल्याउन समेत आग्रह गर्नु भयो । र ,तर ,वा को कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुने अध्यक्ष ढकालको जोड थियो ।

    प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उहाँले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राख्नु भयो ।

    यस्तै उहाँले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा समेत जोड दिनुभयो । प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    “प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ । “ उहाँले भन्नुभयो ।

    सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताउनु भयो । साथै उहाँले सरकारले हालै जारी अध्यादेशको भावना अनुसार नै नियमावली तथा कार्यविधि छिटोभन्दा छिटो ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    आइतवार, माघ ६ २०८१०८:२४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij