Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यू–१९ महिला विश्वकप : नेपालको खराब सुरुवात, बंगलादेशसँग ५ विकेटले पराजित

यू–१९ महिला विश्वकप : नेपालको खराब सुरुवात, बंगलादेशसँग ५ विकेटले पराजित

  • शनिवार, माघ ५ २०८१

  • 433
    SHARES

  • यू–१९ महिला विश्वकप :  नेपालको खराब सुरुवात, बंगलादेशसँग ५ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार व्यहोरेको छ ।

    नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको बंगलादेशले १३–२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । समूह डी अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो ।

    अब नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्ने छ । आजदेखि सुरु भएको विश्वकपमा नेपाल समूह डी मा रहेको छ । समूह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ ।

    त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।मलेसियामा जनवरी १८ देखि सुरु हुने यस विश्वकपमा १६ देशले भाग लिँदै छन् ।

    जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।


    शनिवार, माघ ५ २०८१०३:१२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij