काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले सरकारविरुद्ध आन्दोलनमा जाने बताउनुभएको छ ।
यहि माघ १६ गते संसदका विपक्षी दलहरुले काठमाडौंमा खबरदारी सभा गर्ने समेत निर्णय गरेको छ ।
सरकारका बेथितीका विरुद्ध, भ्रष्टाचारर महंगीका विरुद्धमा सुशासनको पक्षमा आन्दोलनलाई अगाडि बढाउने निर्णय भएको नेता शर्माले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले पहिला संसदको अधिवेशन तत्काल बोलाउन माग गर्ने त्यसो नभए संसदको विशेष अधिवेशनको लागि संसदमा दर्ता गर्ने स्पष्ट पार्नुभयो ।
संसदलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको, निरंकुश बन्दै गइरहेको ओली सरकारको कदम कदापी स्वीकार्य नहुनेसमेत नेता शर्माले चेतावनी दिनुभयो ।