Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयल निगमको धनगढी डिपोलाई कैलालीकै गोदावरीमा सारिने

आयल निगमको धनगढी डिपोलाई कैलालीकै गोदावरीमा सारिने

  • बिहिवार, माघ ३ २०८१

  • 584
    SHARES

  • आयल निगमको धनगढी डिपोलाई कैलालीकै गोदावरीमा सारिने

    काठमाडौं । नेपाल आयल निगमले कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो कैलालीकै गोदावरी नगरपालिकामा सार्ने भएको छ ।

    निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवले कैलालीको गोदावरीमा २० बिघा १६ कठ्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि पहिचान गरिएको जानकारी दिनुभयो ।

    धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित हालको डिपो घना बस्तीका बीचमा रहेको, न्यून क्षमताको रहेको, विस्तार गर्न नमिल्ने अवस्थाको भएको र भौतिक संरचनाहरु पनि अति पुराना तथा अपुग भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु पर्ने वाध्यतालाई समेत ख्याल राखेर अहिलेको डिपो सार्न लागिएको उहाँले बताउनु भयो ।

    २०३७ सालमा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको यादवको भनाई छ ।

    उहाँले २०८२ वैशाख पहिलो हप्ताभित्र डीपीआर एवं डिपो निर्माणको शिलान्यास गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

    ‘२०८४ साल वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ’– उहाँले भन्नुभयो। जग्गा अधिग्रहण र डिपो निर्माणका लागि ३ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ।


    बिहिवार, माघ ३ २०८१०८:०६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij