Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

वीपिन जोशीको रिहाइका निम्ति सरकारको कूटनीतिक प्रयास जारी, कतारसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

वीपिन जोशीको रिहाइका निम्ति सरकारको कूटनीतिक प्रयास जारी, कतारसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

  • मंगलवार, माघ १ २०८१

  • 866
    SHARES

  • वीपिन जोशीको रिहाइका निम्ति सरकारको कूटनीतिक प्रयास जारी, कतारसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

    काठमाडौं । सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका निम्ति पहल जारी राखेको छ। हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको खबर आएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ।

    मन्त्री डा.खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ। फोनवार्तामा मन्त्री राणाले कतारले हमाससँग सम्पर्कमा रहेर नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभयो।

    मन्त्री डा.खुलाइफीले हमास र इजरायलबीच युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको र बन्धकहरुको मुक्तिका लागि गरिएको पहलमा नेपाली विपिन जोशी पनि प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले पहिलो चरणमा केही बन्दी रिहा गर्ने सूचना आएकाले सकेसम्म पहिलो चरणमै र नत्र दोश्रो चरणमा विपिन अपहरणमुक्त हुनेमा विश्वस्त रहेको बताउनुभयो।

    मन्त्री राणाले गतहप्ता उहाँले नेपालका लागि इजिप्ट, कतार तथा इजरायलका राजदूतमार्फत विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गर्नुभएको थियो।राजदूत बासले मन्त्री डा.राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका बताउनुभएको थियो।

    सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्।


    मंगलवार, माघ १ २०८१०४:०८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij