Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मुम्बईमा राजु परियार लगायतका कलाकार आउने, प्रवासी नेपालीलाई एकैठाउँमा ल्याउने प्रयास

मुम्बईमा राजु परियार लगायतका कलाकार आउने, प्रवासी नेपालीलाई एकैठाउँमा ल्याउने प्रयास

  • आइतवार, पौष २८ २०८१

  • 1.2K
    SHARES

  • मुम्बईमा राजु परियार लगायतका कलाकार आउने, प्रवासी नेपालीलाई एकैठाउँमा ल्याउने प्रयास

    मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा यही जनवरी १९ का दिन नेपाली कलाकारको भव्य प्रस्तुति हुने भएको छ।

    मुम्बईमा प्रसिद्ध सामाजिक कार्यकर्ता सागर भण्डारी र जगदीश बाब्लीको आयोजनामा हुने यस कार्यक्रममा नेपालका चर्चित कलाकार राजु परियार, देउडा गायिका संगीता बडुवाल, सुमन ताम्राकार लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

    युरेसिया रेयुकाई र नवज्योति हेल्प प्रालीको आयोजनामा मुम्बईमा रहेका नेपाली समुदायलाई लक्षित गरी आयोजित यस कार्यक्रमले प्रवासी नेपालीहरूलाई एकैठाउँमा ल्याउने अपेक्षा गरिएको छ।

    लामो समयदेखि मुम्बईमा बस्दै आएका भण्डारी र बाब्लीले दुःखी पीडित नेपालीहरूलाई सहयोग गर्दै आएका छन्। उनीहरूले यस कार्यक्रममार्फत मुम्बईमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव कायम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरेका छन्।

    आगामी जनवरी १९ का दिन दिउँसो ४ बजे मुम्बई स्थित दादरमा रहेको ब्राह्मण सेवा मण्डलको हलमा कार्यक्रम हुने तय भएको आयोजक भण्डारीले जानकारी दिए ।

    उनले मुम्बई र त्यस आसपासमा रहेका सबै प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेका छन्।


    आइतवार, पौष २८ २०८१०१:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij