Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हङकङको रेस्टुरेन्टमा भएको घटनामा थप चार जनाको मृत्यु, सात नेपालीको सनाखत

हङकङको रेस्टुरेन्टमा भएको घटनामा थप चार जनाको मृत्यु, सात नेपालीको सनाखत

  • मंगलवार, मंसिर २ २०७७

  • 1.6K
    SHARES

  • हङकङको रेस्टुरेन्टमा भएको घटनामा थप चार जनाको मृत्यु, सात नेपालीको सनाखत

    काठमाडौं । हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुने सबै नेपाली नै रहेको जनाइएको छ ।

    मृतकमध्ये ७ जनाको सनाखत भएको छ । आगलागीमा मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ रहेको सहारा हङकङले जानकारी दिएको छ ।

    यसैगरी ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । बाँकी ४ जनाको भने सनाखत हुन बाँकी छ ।

    अरु ७ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । जिरे खुर्सानी नामक सो रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो ।

    तिहारको दीपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

     


    मंगलवार, मंसिर २ २०७७१२:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij