Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सत्तामा जान जे पनि गर्न तयार छन्: खगराज अधिकारी

प्रचण्ड सत्तामा जान जे पनि गर्न तयार छन्: खगराज अधिकारी

  • शनिवार, पौष २० २०८१

  • 588
    SHARES

  • प्रचण्ड सत्तामा जान जे पनि गर्न तयार छन्: खगराज अधिकारी

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तामा जानका लागि जे पनि गर्न पछि नहट्ने बताउनुभएको छ ।

    सरकारबाट बाहिरिनुपरेको छट्पटाहटमा रहेका माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले जनमत भड्काउने र तथ्यहिन बोल्दै हिड्ने गरेको समेत नेता अधिकारीको आरोप रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले सत्तामा हुँदा आफू र आफ्नालाई पोस्न, भ्रष्टलाई बचाउनमा लागिपर्ने प्रचण्डले अहिले प्रतिपक्षमा रहँदा सरकारविरोध गतिविधिमा लाग्ने गरेको भन्दै आपत्तिसमेत व्यक्त गर्नुभयो ।

    देश र जनताको लागि चाहिने र काम गर्ने दल को हो भनेर जनताले राम्रोसँग चिनेकाले प्रचण्डले जति बोले पनि यस्ता तर्कका पछाडि लाग्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

    यस्तै अर्को प्रसंगमा नेताअधिकारीले सहकारी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला प्रमाणका आधारमा दोषि देखिए कारवाहीको दायरमा आउने स्पष्ट पार्नुभएको छ ।

    वर्तमान सरकार र एमालेले देशको अहितमा जाने, भ्रष्टचार गर्ने कुनै पनि दल, व्यक्ती नभनेर स्वतन्त्र र निष्पक्ष छानविन गर्ने भएकाले यसमा पनि दोषि देखिने जो भए पनि कानुनी दायरामा आएरै छाड्ने विश्वास दिलाउनुभयो ।

    रास्वपाका सभापति रवि लामिछाने प्रमाणका आधारमा दोषि देखिएरै कारवाहीमा परेको कुरामा आशंका नगर्नसमेत उहाँको भनाइ छ ।

    राजनीतिक प्रतिशोध साधेको भनेर गलत भाष्य सिर्जना भएको तर्क गर्दै उहाँले यसमा दल, व्यक्ती, शक्ती र पद केहि पनि नहेरिने मात्रै दोष र गल्तीलाई हेरेर कारवारी हुने बताउनुभयो ।


    शनिवार, पौष २० २०८१०८:३४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij