काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा १ लाख ७६ हजार ३६४ जना संक्रमित निको भएका छन् ।
साथै, नेपालमा आज थप १ हजार १९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।