Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक हजार १९७ जना कोरोना संक्रमित थपिए

एक हजार १९७ जना कोरोना संक्रमित थपिए

  • सोमवार, मंसिर १ २०७७

  • 628
    SHARES

  • एक हजार १९७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा आज थप १ हजार १९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।


    सोमवार, मंसिर १ २०७७०५:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij