Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भीम रावलले लगाएका आरोपहरु सबै गलत: सुनिता बराल

भीम रावलले लगाएका आरोपहरु सबै गलत: सुनिता बराल

  • बिहिवार, पौष १८ २०८१

  • 596
    SHARES

  • काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सचेतक सुनिता बरालले संसदको अधिवेशनको तयारीमा रहेको बताउनुभएको छ । मुख्य कुरा अधिवेशन नै विद्येयक अधिवेशन भएकाले यसमा धेरै भन्दा धेरै विद्येयकहरु निर्माण गर्नेपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ बरालले समितिमा दफाबार छलफलमा रहेका विद्ययकहरु टुङगीने क्रम जारी रहेको बताउनुभयो ।

    यस्तै, संसद अधिवेशन बैठक यो महिनाको अन्तिम अथवा माघको ३–४ गतेसम्म बसिसक्ने भएकाले प्रधानमन्त्रीले संसद बैठक नराख्ने भन्ने सम्भावना नै नहुने र केपी शर्मा ओलीको पनि यस्तो चाहना नभएको उहाँको दाबी छ ।

    संसद् धकेलेर दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार भन्ने कुरामा नेतृ बरालले यो कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो । यस्तै अर्को फरक प्रसंगमा पार्टीबाट निकालिएका नेता डाक्टर भीम रावलले लगाएका आरोपहरु सबै गलत भएको बताउनुभएको छ ।

    नेता रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ७४वटा प्रश्न गर्दै आरोप लगाउनुभएको छ ।
    यहि विषयमा नेतृ बरालले रावलले आफूलाई कारबाही गर्ने कुराको प्रष्टिकरण भएको तर्क गर्नुभएको छ । रावलले यसरी बिना प्रमाणका आरोपहरु लगाएर अझै पार्टीलाई सहज बनाइदिएको टिप्पणी गर्नुभयो ।

    यस्तै भीम रावलबाट यसरी फितलो र आधारहिन टिप्पणी गर्नुहोला भन्ने आफूलाई नलागेको बताउँदै बरालले यस्ता कुरामा छलफल गरेर समय खेर फाल्ने कुरा उचित नहुने तर्क गर्नुभयो । रावलले लगाएका आरोप र प्रश्नको काम गरेर जवाफ दिनेसमेत उहाँको भनाइ छ ।


    बिहिवार, पौष १८ २०८१११:२०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij