Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशको अर्थतन्त्र भित्रीरुपमा असामान्य रहेको पूर्व गभर्नरको दाबी, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्याकेज ल्याउन सुझाव (खास खबर)

देशको अर्थतन्त्र भित्रीरुपमा असामान्य रहेको पूर्व गभर्नरको दाबी, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्याकेज ल्याउन सुझाव (खास खबर)

  • आइतवार, पौष १४ २०८१

  • 572
    SHARES

  • देशको अर्थतन्त्र भित्रीरुपमा असामान्य रहेको पूर्व गभर्नरको दाबी, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्याकेज ल्याउन सुझाव (खास खबर)
    काठमाडौं । देशको अर्थतन्त्र संकटमा रहेको दाबी गरिएको छ । अहिलेको वर्तमान आर्थिक  स्थितिमा सरकार अत्यन्त चिन्तित हुनुपर्ने अवस्था रहेको प्रति सचेत गराइएको हो । सरकारले पहिलेको तुलनामा देशमा आर्थिक सुधार भएको दाबी गरिरहेको छ । तर, अहिलेको आर्थिक स्थितिबाट सन्तोष मान्नुपर्ने अवस्था नभएको स्वीकार भने गरेको छ ।
     
    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्र संकटमा रहेको बताउनुहुन्छ । उहाँले अर्थतन्त्रमा समस्या रहेर नै सरकारले आयोग गठन गरेको बताउनुभयो । अहिले बैंकमा निक्षेपमा ब्याजदर घट्दा निक्षेपकर्तालाई मर्का परिरहेको, कर्जामा औसत ब्याजदर एकल विन्दुमा आएर उपभोक्ता र शेयर कर्जा केही बढेपनि उद्योग , व्यवसाय बढ्न नसकेको, निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न नसकेको भनाइ उहाँको छ । 
     
    आन्तरिक रुपमा अर्थतन्त्र राम्रोसँग चलायमान हुन नसकेको टिप्पणी भइरहेको छ । राजश्वमा सुधार हुनै नसकेको दाबी पनि गरिएको छ । पूर्व गभर्नर नेपालले पाँच महिनामा पुँजीगत खर्च १२ प्रतिशत मात्रै भएको, राजश्व संकलन लक्ष्यभन्दा एक खर्बले कम रहेको र ऋण र साँवाको भुक्तानी डेढ खर्बभन्दा बढी भइसकेको बताउँदै चालु आर्थिक वर्षमा सरकार डेढ खर्ब घाटामा रहेको दाबी गर्नुहुन्छ । 
     
    राजनीतिक स्थायित्व छ भनेर ढुक्क हुन सक्ने अवस्था नरहेको उद्योगी,व्यवसायीले भनिरहेका छन् । वर्तमान सरकारलाई उद्योगी, व्यवसायीले विश्वास नगरेको भनाइ पूर्व गभर्नर नेपालको  छ । देशको अर्थतन्त्र भित्रीरुपमा असामान्य रुपमा रहेको तर्क उहाँको छ ।
     
    बैंकबाट पैसा लिएर लगानी गर्ने उद्योगी, व्यवसायी र बैंकबाट कर्जा लिने व्यक्तिलाई अझै पनि शंका छ उहाँको भनाई छ । राजनीतिक स्थायित्व भन्दापनि लगानीकर्तामा आत्मविश्वास अझै पनि नभएकाले लगानीयोग्य रकम खर्च हुन नसकेको भनाइ नेपालको छ ।
     
    अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले हदैसम्म कोशिस गरिसकेको भन्दै उहाँले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्याकेज ल्याउन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । 
     
    प्रचण्ड सरकारले सुधार गर्न नसकेको आर्थिक अवस्था वर्तमान सरकारले सुधार्ने दाबी गरिरहेको छ । देशको कमजोर आर्थिक अवस्थालाई सुधार गर्नुपर्छ भन्ने सरकारको मुख्य उद्देश्य रहेको दाबी सरकारको छ । 
    नेकपा एमालेका नेता तथा कर्णाली प्रदेशका कृषि मन्त्री विनोद शाह देशको आर्थिक अवस्थालाई मुख्य प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुहुन्छ ।
     
    आजै उपप्रधान एव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनुभएको छ । 
     
    ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकाले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौं । यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँछौं।’ अर्थमन्त्रीको भनाइ छ । 
     
    वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन र लगानी गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास अर्थमन्त्रीको छ ।
     


    आइतवार, पौष १४ २०८१०८:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij