Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार ५ अर्व माथी

सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार ५ अर्व माथी

  • बिहिवार, पौष ११ २०८१

  • 573
    SHARES

  • सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार ५ अर्व माथी

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज केहि सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से ४.१९ अंकले वृद्धि भएको छ ।

    नेप्से सुद्धक आज शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।आज कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

    आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।

    सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ। बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन्। यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।

     


    बिहिवार, पौष ११ २०८१०४:१५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij