काठमाडौं। आज सुनको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।साथै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।