Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेवको ओलीलाई प्रश्न, ‘प्रचण्ड र माधवलाई गाली गरेर समस्या समाधान हुन्छ र ?’

वामदेवको ओलीलाई प्रश्न, ‘प्रचण्ड र माधवलाई गाली गरेर समस्या समाधान हुन्छ र ?’

  • आइतवार, कार्तिक ३० २०७७

  • 1.3K
    SHARES

  • वामदेवको ओलीलाई प्रश्न, ‘प्रचण्ड र माधवलाई गाली गरेर समस्या समाधान हुन्छ र ?’

    काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । महासचिव विष्णु पौडेलले ओली भेट्न वामदेवलाई लिएर जानुभएको थियो ।

    वामदेवले अध्यक्ष ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिएको स्रोतले जनाएको छ । आज बिहान बालुवाटारमा अध्यक्ष ओलीसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर समस्याको समाधान नहुने बताउनुभएको छ । बरु बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको जनाएका छन् ।

    त्यसक्रममा अध्यक्ष प्रचण्डले गत शुक्रबार बसेको सचिवालय बैठकमा पेश भएको प्रस्तावका बारेमा नेताहरुबीच कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नलिए समस्या बढ्दै जानसक्ने भन्दै प्रचण्डलाई त्यसबारे कन्भिन्स गर्न वामदेवसँग आग्रह गरेका थिए ।

    प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षीय नोताहरुको भनाइ रहँदै आएको छ ।

    यसैबीच, पछिल्लो समय उपाध्यक्ष गौतम र महासचिवबीचको बाक्लिँदो छ । गौतमलाई मन्त्री बन्न सर्वोच्चले बाटो खोलिदिएपछि मन्त्रिपरिषद्को समीकरण परिवर्तन हुनसक्ने स्रोतको दाबी छ ।

    महासचिव पौडेल गौतमका लागि अर्थ मन्त्रालय छोडिदिएर आफू रक्षामन्त्री लिने सुरमा रहेको बताइएको छ । गौतमलाई ओलीपक्षमा पार्नका लागि फकाउन अर्थ मन्त्रालय दिन खोजिएको स्रोतको दाबी छ । गौतमले त्यो मान्छन्–मान्दैनन् त्यो भने हेर्न बाँकी रहेको स्रोत बताउँछ ।


    आइतवार, कार्तिक ३० २०७७०१:२६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij