काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज ३१.४३ अंकले घटेको छ।साताको अन्तिम दिन बिहीबार आज नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको हो।
नेप्से हिजो २६२८.२६ विन्दुमा बन्द भएको थियो। यस दिन चार अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। हिजो ४ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
आज २९ कम्पनीको सेयर मूल्य बढेको छ। २११ कम्पनीको सेयर मूल्य घटेको छ। कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ।
परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ। यो समूहको परिसूचक २.७३ प्रतिशतले घटेको छ। फाइनान्स समूहको परिसूचक २.३१ प्रतिशतले घटेको छ ।