Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

सेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

  • बुधवार, पौष ३ २०८१

  • 719
    SHARES

  • सेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ। ४ अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ।

    आज १२ कम्पनीको सेयर मूल्य स्थिर छ। उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा बढी छ।

    कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको छ।कारोबारमा आएका १३ मध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ ।

    बाँकी समूहको परिसूचक घटेको छ ।फाइनान्स समूहको परिसूचक १.०७, माइक्रोफाइनान्स समूहको ०.०९ र व्यापार समूहको ०.५० प्रतिशतले बढेको छ ।


    बुधवार, पौष ३ २०८१०५:५७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij