Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार भने घट्यो

सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार भने घट्यो

  • मंगलवार, पौष २ २०८१

  • 687
    SHARES

  • सेयर बजारः नेप्सेमा झिनो सुधार, कारोबार भने घट्यो

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अंकको सुधार भएको छ। आज नेप्से सूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेर बन्द भयो। आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घट्यो ।

    हिजो ५ अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा आज चार अर्ब ३४ करोडको सेयर कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ कमी आयो।

    आज ३१८ वटा धितोपत्रको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको हो। आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, ११७ वटाको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रह्यो ।

    आज सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७५० रूपैयाँ कायम भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रह्यो। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६७ रुपैयाँ ८० पैसामा १५ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भयो ।


    मंगलवार, पौष २ २०८१०३:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij