Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यू–१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, भोलि भारतसँग खेल्ने

यू–१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, भोलि भारतसँग खेल्ने

  • सोमवार, पौष १ २०८१

  • 586
    SHARES

  • यू–१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, भोलि भारतसँग खेल्ने

    काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

    १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

    त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।

    पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ ।


    सोमवार, पौष १ २०८१०५:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij